डान्सबारको नाममा एआईजी र एसएसपीको झगडा

dancebarकाठमाडौं: सरुवा हुने बेलामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्की र महानगरीय प्रहरी कार्यालयका आयुक्त बिज्ञानराज शर्माबीच विवाद बढेको छ ।

परिसरलाई थाहा नै नदिई आयुक्त कार्यालयले डान्सबारहरुमा छापा हानेपछि एआईजी र एसएसपीबीच विवाद बढेको हो ।

आयुक्त कार्यालयले गत साता दरबारमार्ग, ठमेल तथा बानेश्वरका विभिन्न डान्सबारहरुमा छापा हानेको थियो । एआईजी बिज्ञानराज शर्माले डिएसपी राजकुमार सिलवाललाई डान्सबारमा छापा हान्न लगाएका थिए । यू क्यान सी मी, ओएमजी, मिर्ची, ब्लाकआउट लगायतका डान्सबारमा छापा हानिएको थियो । आयुक्त कार्यालयले छानी छानी केही डान्सबारहरुमा छापा हानी कर्मचारी समेत पक्राउ गरेको थियो ।

जसको विषयमा आयुक्त कार्यालयले नजिककै प्रहरी वृत्तलाई समेत जानकारी दिएको थिएन । आयुक्त कार्यालयले डान्सबारबाट पैसा उठाउन त्यसरी छापा हानेको आरोप वृत्त इन्चार्जहरुले लगाएका छन् ।

डान्सबार र डिस्को प्रहरीको नियमित आयस्रोत बन्दै आएको छ । नियमित झगडा हुने भएकाले उनीहरुले प्रहरीलाई मासिक पैसा खुवाएर सेटिङ मिलाउँदै  आएका छन् । पैसा नदिए झगडा हुँदा प्रहरीले मालिकलाई नै लगेर थुन्ने गर्दछ । पैसा दिएको खण्डमा प्रहरीले झगडा गर्नेलाई मात्र पक्राउ गर्दै आएको छ ।

उता, काठमाडौं परिसरको प्रमुखमा एसएसपी राजेन्द्रमान श्रेष्ठ र बिक्रमसिंह थापाबीच प्रतिस्पर्धा छ । एसएसपी श्रेष्ठलाई काठमाडौं परिसर पठाउन प्रधानमन्त्रीले आईजीपीलाई निर्देशन दिएका छन् भने आईजीपी भने राम्रो काम गर्ने थापाको पक्षमा रहेको स्रोत बताउँछ  । त्यस्तै क्यासिनो दलाल बलराम सापकोट ‘बले’ र हालै लाजिम्पाटमा भेनस रेष्ट्रो चलाएर बसेका एक भ्रष्ट डिएसपीको सेटिङमा दिनेश अमात्यलाई परिसर ल्याउन चलखेल पनि भएको समाचार आजको यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

आईजीप उपेन्द्रकान्त अर्यालले उक्त कुरा थाहा पाएपछि अमात्यको परिसर प्रमुख बन्ने सम्भावना क्षीण हुँदै  गएको छ । उक्त भेनस रेष्ट्रो तस्कर, माफिया र मिटरव्याजका दलालहरुको अखडामा परिणत हुँदै  गएको छ । कुनै समय डन दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टर गरि चर्चामा आई गुण्डाहरुको सातो लिने ति डिएसपीसँग  तिनै गुण्डा नाइकेहरु अहिले घुलमिल गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित