डिआईजीले नै आईजीपीलाई भ्रष्ट भनेपछि

koseeकाठमाडौं: सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचारले संगठनकै अधिकारीहरुको शिर निहुरीन थालेको छ ।

सशस्त्रका आईजीपी कोषराज वन्तले केही अधिकृतलाई हातमा लिएर संगठनभित्र ब्रम्हलुट गर्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेटिङ मिलाएकाले आफुलाई कसैले छुन नसक्ने भन्दै उनले असुलीलाई अझै बढाएका छन् ।

सशस्त्रभित्र कति धेरै भ्रष्टाचार छ भन्ने कुरा हालै डिआईजी दुर्गाबहादुर कुवरले खोलेका छन् । हालै राजिनामा दिएका उनले सशस्त्रको नेतृत्व भ्रष्ट भएको भन्दै ट्वीटरमा लेखेका छन् । राजिनामा दिएर बिदेश घुमघाममा रहेका उनले ट्वीट गरेका छन्–‘जब भ्रष्टाचारले सीमा नाघ्छ, भ्रष्टहरुले शासन गर्छन्, तथ्य कुरा तोडमोड हुन्छ र सत्य मौन हुन्छ ।’ आईजीपी वन्तलाई लक्षित गरी उनले यस्तो लेखेका हुन् ।

स्रोतका अनुसार बिदेशी पिआरका कारण उनले राजिनामा दिएको भनिएपनि आईजीपी वन्तसगको टकरावकै कारण उनले जागिर छाडेका हुन् । सशस्त्रका भावी आईजीपीका रुपमा हेरिएका कुवर एकजना क्षमतावान् अधिकृतका रुपमा पनि सशस्त्रमा चिनिन्थे । तर आईजीपी वन्तले आफ्ना बिरोधीहरुको करिअर सखाप पार्ने नीति लिंदै आएका छन् ।

पहिला एआईजी ठाकुरमोहन श्रेष्ठ पक्षका प्रहरीलाई उनले छानी छानी कारबाही गरेका थिए । अहिले कृष्ण तामाङ, जीवन थापा र प्रकाश ओझासग उनको सम्बन्ध राम्रो छैन । संगठनभित्र के भइरहेको छ भन्ने एआईजीलाई समेत थाहा हु“दैन । केही सिमित व्यक्तिहरुलाई हात लिएर उनले संगठनमा ब्रम्हलुट मच्चाउदै आएका छन् ।

अवकाश हुन करिब ६ महिना मात्र बाकी भएकाले पनि सशस्त्रमा भ्रष्टाचार बढ्दै गएको छ । संगठनभित्र वन्तले कुन हदसम्मको लुट गरेका छन् भन्ने कुरा पूर्वडिआईजी कुवरको ट्वीटबाट पनि थाहा हुन्छ । बजेटमा भ्रष्टाचार मात्र नभई सीमा कार्यालयमा समेत मोलतोल गरेर नियमित पैसा पठाउनेलाई मात्र उनले सरुवा गर्दै आएका छन् । आम्दानी हुने कार्यालयमा आफु निकटलाई मात्र राख्दै आएको स्रोत बताउछ । यूनाइटेड पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित