गौचन हत्यामा संलग्न थप २ जना पक्राउ

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । यस अघि प्रहरीले सुटरसहित पाँच जनालाई सार्वजनिक गरेको थियो । प्रहरीले आज कपनबाट थप २ जनालाई २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ गरेको हो। बसन्त थेवे र धनराज योङहाङ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले गौचनको बारेमा सुटरलाई सूचना दिएको र हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेका थिए । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’का पार्टनर समिरमानसिंह बस्नेतको समूहले फिरौती रकम नदिएको भन्दै गौचनमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष छ । हत्याका मुख्य योजनाकार बस्नेत र उनका सहयोगीहरु अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित