साताभरीको सेयर बजार

share marketकाठमाडौँः साताभरीमा नेपाल स्टक एक्सचेन्जमा १ सय ७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५ हजार ४ सय १६ कारोबारबाट तीन अर्ब तीन करोड २६ लाख ९३ हजार रुपैयाँ बराबरका ७१ लाख ९४ हजार सात सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २ सय २५ दशमलब २९ प्रतिशत बढि हो । गत साता १ सय ६३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ५ हजार ९ सय १२ कारोबारबाट ९३ करोड २३ लाख ९६ हजार रुपैयाँ बराबरका १९ लाख २० हजार चार सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५ दशमलव ९७ अंकले घटेर अन्तिम दिन १ हजार २७ दशमलव ९८ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ८६ अंकले घटेर २ सय २० दशमलव ९८ अंकमा आईपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्याको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित