फ्री भिसा स्वीकार्न मेनपावर व्यवसायी सहमतभएपछि आजबाट व्यवसाय खुल्ने

काठमाडौंः वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकटको प्रावधानलाई स्वीकार गर्न मेनपावर व्यवसायीहरु सहमत भएपछि आजबाट व्यवसाय सुरु हुने भएको छ ।

नेपाल सरकारले असार २१ गतेदेखि खाडी देशका ६ वटा र मलेसिया गरी ७ देशमा फ्री भिसा र फ्री टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । शनिबार राति सरकारसँग २५ बुँदे सहमति भएपछि को व्यवसायीहरुले मेनपावर कार्यालयहरु खुल्ने भएका हुन् ।

सरकार र व्यवसायीवीच भएको सहमतिअनुसार तीन महिनाका लागि परीक्षणका रुपमा फ्री भिसा र फ्री टिकटको प्रावधानलाई मान्न मेनपावर व्यवसायी सहमत भएका छन् ।

यसका लागि सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल गठन गरिनेछ । कार्यदलले खाडी मुलुकका ६ देशहरु र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ । कार्यदलले तयार पारेको सोही प्रतिवेदनअनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने नहुनेबारे टुंगो लाग्ने छ ।

baidesik rojgar

प्रतिक्रिया

सम्बन्धित