चीनले भन्यो, अरनिको राजमार्ग चाँडै खुल्छ, पोखरा विमानस्थललाई छिट्टै सुरु

nepal chinaकाठमाडौँः चीनले भूकम्पपछि अवरुद्ध अरनिको राजमार्ग सक्दो चाँडो खोल्न पहल गर्ने बताएको छ। पाँचदिने नेपाल भ्रमणमा रहेका चिनियाँ सहायक वाणिज्यमन्त्री चङ सियाङनले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा नेपाल चीन जोडने अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सुचारु गर्ने चङले बताएका हुन् । उनले चिनियाँ सहयोगमा बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सुरु गर्नसमेत चिनियाँ पक्ष तयार भएको बताएको अन्नपूर्ण पोस्टमा समाचार छ । ‘नेपालको चाहना र आग्रहअनुसार हामी अरनिको राजमार्ग सुचारु गराउन तयार छौं’, चिनियाँ वाणिज्य सहायकमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने। अरनिको राजमार्ग खुलाउन तिब्बतबाट प्राविधिक, सडक इन्जिनियरसहितको टोली नेपाल आउने चिनियाँ सहायकमन्त्रीको भनाइ थियो। भूकम्पले तहसनहस पारेको तातोपानी नाका सुचारु गर्न अध्ययन भइरहेको उनले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित