अस्पतालसँग २५ लाख असुल्ने चितवनका डन पक्राउ

npiचितवन । पछिल्लो समय भित्रभित्रै व्यापारीलाई धम्क्याएर असुलीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डा नाइकेलाई प्रक्राउ गरी कारबाही सुरु गरेको छ । केही दिन अघि प्रहरीले एमाओवादी निकट वाइसीएलका कार्यकर्ता नीति राईलाई प्रक्राउ गरेको छ । नारायणी सामुदायिक अस्पतालमा एक विरामीको मृत्युलाई लिएर राइले अस्पतालका सञ्चालकसँग २५ लाख रकम बार्गेनिङ गरी लिएका थिए । तर उक्त रकममध्ये पीडिलाइ नौ लाख र राईले १६ लाख रकम लिएको प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले उक्त अस्पतालमा विरामीका आफन्त र राइको समूहले लफडा गरेको थाहा पाएपछि राइको क्रियाकलापमाथि प्रहरीले गोप्य रुपमा फलो गरेको थियो । राईले दर्जनौ व्यापारीलाई भित्रभित्रै धम्क्याएर रकम असुली गर्ने, ठेक्कापट्टामा गुण्डागर्दी गरी जबरजस्ती टेण्डर हात पार्नेलगायतका आपराधिक काम गर्ने गरेको प्रहरीमा उजुरी छ । उनीमाथि अनुसन्धान भइरहेको र कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख एसपी शहकुलबहादुर थापाले बताए । गुण्डागर्दी विरुद्ध आक्रमक रुपमा कारबाही थालिएको पनि उनले बताए । स्रोतका अनुसार राईलाई छुटाउन कांग्रेस, एमाले र एमाओवादीका नेताहरु लागिपरेका छन् । प्रहरीले ३ वटा भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यस्तै धम्क्याएर रकम असुली गरेको आरोपमा माइक भन्ने विष्णु पाण्डे पनि पक्राउ परेको यूनाइटेड पोस्ट साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित