सुन चार वर्ष यताकै सबैभन्दा सस्तो

goldकाठमाडौँः स्थानीय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । शुक्रबार सुनको मूल्यमा प्रतितेला ८ सय रुपैयाँ गिरावट आएको छ । शुक्रबार सुन प्रतितोला ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो मूल्य चार वर्ष यताकै सबैभन्दा सस्तो हो । धबार सुनको मूल्य प्रतितोला ४८ हजारमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । शुक्रबार चाँदी प्रतितोला ६ सय ६० रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित