पूर्ण आर्थिक स्वतन्त्रताको सुनिश्चितता सहितको संविधानः परिसंघ

काठमाडौँः नेपाल उद्योग परिसंघले सभाध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै नयाँ संविधामा खुल्ला बजार अर्थतन्त्रको मान्यतालाई समावेश गर्न आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात नेतृत्वको टोलीले संविधानको प्रस्तावनामा समाजवादको आधार निर्माण गर्ने प्रतिबद्धता रहँदै भन्ने उल्लेख भएकामा उदार एवम् आर्थिक न्याय र पूर्ण आर्थिक स्वतन्त्रताको सुनिश्चितता संविधानमा गर्न आग्रह गर्नुभयो ।

लगानी तथा औद्योगिक क्रियाकलापलाई प्रोत्साहित गर्न पनि रोजगारदाताको अधिकार सुनिश्चित गर्नुपर्ने परिसंघले बताएको छ । श्रमको हकमा रहेका तीनवटा उपधारामा ‘कानुन बमोजिम’ भन्ने वाक्यांस थप्न सुझाव दिएको छ ।

parisan

प्रतिक्रिया

सम्बन्धित