चेम्बरको सुझावः खुला बजार र उदार अर्थतन्त्र सहितको संविधान

काठमाडौँः नेपाल चेम्बर अफ कमर्सले खुला बजार र उदार अर्थतन्त्रको प्रत्याभूतिसहितको संविधान जारी हुनुपर्ने सुझाव दिएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटेर चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले खुला बजार तथा उदार अर्थतन्त्रमा राज्यले व्यवसाय गर्ने नभई नियमन मात्र गर्ने भएकाले सोही अवधारणालाई आत्मसात् गर्न आग्रह  गर्नुभयो ।

उहाँले मुलुक सङ्घीय प्रणालीमा गइसकेपछिको अवस्थामा जुनसकै प्रान्तमा गएर स्वतन्त्ररुपमा उद्योग व्यवसाय गर्ने अधिकारको प्रत्याभूति हुनुपर्ने धारणा व्यत्त गर्नुभयो । subas nemwan

प्रतिस्पर्धी कर लगाई उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने, जग्गा अधिकरण गर्दा बजार मूल्य बराबरको क्षतिपूर्ति दिनुपर्ने, व्यवस्थापनले उद्योग प्रतिष्ठानको क्षमताबमोजिम श्रमिकको कटौती र आवश्यकताबमोजिम नियुक्ति गर्न पाउनु पर्ने, लगानीकर्तालाई सुरक्षा प्रदान गर्ने व्यवस्था उल्लेख गर्न ध्यानकर्षण गराएको छ ।

सुझाव ग्रहण गर्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएकामा धन्यवाद दिँदै सबै वर्ग, क्षेत्र तथा तहको भावनालाई कुनै न कुनै रुपमा संस्थागत गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित