बामदेवको पराजयको कारण खोज्न छानविन समिति नै गठन

बर्दिया । नेकपा एमालेले पार्टीका बरिष्ठ उपाध्यक्ष एबम बाम गठबन्धनका सुत्राधार नेता बामदेव गौतमको पराजयको कारण खोज्न छानविन समिति नै गठन गरेको छ । एमाले बर्दिया जिल्ला कमिटीले छानविन समिति गठन गरेको हो ।

एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीका संयोजकत्वमा गठित समितिमा माओवादी नेता भुवन कुमार थारु पनि सदस्य छन् । समितिले हारका कारण खोजेर एक साताभित्र प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ ।

एमाले र माओवादी मिल्दा २० हजार भन्दा बढी मत भएको बर्दिया १ मा एमाले उपाध्यक्ष गौतम कांग्रेसका सन्जयकुमार गौतमसँग ७ सय मतले पराजित भएका थिए । गौतमको हारको पछाडि एमाले र माओवादीभित्रकै अन्तर्घात कारण रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित