व्यापार घाटा कम गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने

काठमाडौँः सरकारले बढ्दो व्यापार घाटा कम गर्न तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भएको छ आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्यमा चालु आवमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने अर्थमन्त्री डाक्टर रामशरण महतले बताउनु भयो । उहाँले निर्यात भएका वस्तुको परिणामभन्दा बढी निर्यात गरेका थप परिमाणका निर्यातका लागि शतप्रतिशत नगद अनुदान दिने बताउनुभयो । प्रस्तुत बजेटमा रुग्ण उद्योगको पहिचानसम्बन्धी मापदण्ड परिमार्जन गरी पुनरुत्थानका लागि सहुलियत तथा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ । महिला उद्यमशी लता कोषबाट परियोजना धितोमा ऋण प्रवाह कार्यक्रमलाई थप १० जिल्लामा विस्तार गरिने उल्लेख छ ।ramsaran mahat copy सिमेन्ट उद्योगको शीघ्र प्रवद्र्धनका लागि उद्योगसम्म जाने बाटो र बिजुली पु¥याउने व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । आगामी आवमा १६ वटा खानी उद्योगका लागि खानीस्थल पहुँच मार्ग तथा १२ वटा सिमेन्ट उद्योगका लागि विद्युत् उपकेन्द्र तथा प्रसारण लाइन निर्माण गर्न रु ६३ करोड विनियोजन गरिएको छ । चार हजार ८०० मेट्रिकटनसम्म चुनढुङ्गा उत्खनन् गरी तीन हजार मेट्रिकटनसम्म क्लिङ्कर वा सिमेन्ट उत्पादन गर्ने उद्योगको स्थापना गर्दा प्रारम्भिक वातावरणीय परीक्षण मात्र गरे हुने व्यवस्था गरिएको छ । औद्योगिक पूर्वाधारका लागि समेत लगानी गर्ने नीति अनुरुप आगामी आव रामेछापको ठोसेमा फलाम खानीस्थलसम्म बाटो र विजुली पु¥याउन आवश्यक बजेटको व्यवस्था गरिएको छ । लगानीमैत्री वातावरणको निर्माण गरी पूर्णरुपमा सञ्चालनमा नआएका औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्तालाई उद्योग स्थापना गर्ने वातावरण मिलाइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित