८ खर्ब ८ अर्ब १९ करोडको बजेट

budjectकाठमाडौँः नयाँ आर्थिक वर्षकालागि सरकारले ८ खर्ब ८ अर्ब १९ करोडको बजेट प्रस्तुत गदै छ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई दिँदै आएको १ करोड रुपैयाँ आगामी आर्थिक वर्षदेखि बढाउने भएको छ । यस्तै नयाँ आर्थिक वर्षमा प्रत्येक सभासदले पाउने १५ लाख रुपैयाँको सिलिङ समेत बढाइएको छ । सभासदहरुले निर्वाचन क्षत्रेका लागि पाँच करोड माग्दै आएकोमा १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै प्रत्येक सांसदले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा अब पाँच लाख थपेर २० लाख पाउने भएका छन् । सरकारले साधारण तर्फको खर्च ४ खर्ब ८४ अर्ब २६ करोड छुट्याइएको छ । यस्तै सरकारले विकासतर्फ २ खर्ब ८ अर्ब ८७ रुपैयाँ छुट्याइएको छ । सरकारको बजेटमा पुनर्निमाणलाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित