नख्खु कारागारमा चौकिदार बनाउन रोजलाई एक लाख ?

roj and bahunकाठमाडौं । अपराधको दुनियामा नारद नामले चर्चित नाम हो, सरोज थापा उर्फ रोज राणा । जेलभित्र विभिन्न सुबिधाको नाममा कैदीहरुसँग जबर्जस्ती रकम असुलेर कैदी नाइकेहरुले कुम्ल्याउने तथा कैदीहरुलाई यातना दिनेगरेको समाचार पटक–पटक बाहिर आएका छन् । यस सम्बन्धमा सरोकारवाला निकायहरुले खासै चासो दिएको देखिदैन । त्यसको प्रमुख कारण माथिल्लो निकाय सम्मको सेटिङ र कैदी नाइकेका मुख्य अभिभावकको रुपमा रहेका केहि डनहरुले गर्ने संरक्षण । रोज राणा पनि त्यस्तै एक पात्र रहेको बिभिन्न कोणहरुबाट खुलेपछि उनी प्रहरी निगरानीमा परेका छन्  ।

राजधानीको गुण्डा सर्कलमा नारदको भूमिका निभाउने गुण्डाका नाईके राणाले नख्खु जेलबाट मासिक खाने गरेको रहस्य खुलेको छ । राणाले डन रमेश बाहुनकी  श्रीमतीसँग बाहुनलाई केन्द्रिय कारागारबाट निकाली  नख्खु कारागारमा पठाइ चौकिदार बनाइदिने भन्दै एक लाख रुपैया खाएर बाहुनको श्रीमतिसँग संपर्कबिहिन भएपछि यो रहस्य बाहिर आएको हो । सुरुमा  राम्रो सम्बन्ध कायम राखी बाहुनको अबैध पैसा चलाएर प्रहरी लगाइ बाहुनलाई  फसाएको समेत राणामाथि आरोप लाग्ने गरेको छ  ।

चेलीबेटी बेचबिखन मुद्दामा तिन बर्ष अघि जेल चलान भएका राणाले आफू निकट कैदीलाई नख्खु कारागारको चौकिदार बनाएर मासिक खाने गरेका हुन । राणाले राजनीतिक र आर्थिक आडमा कारागारका जेलरलाई प्रभावमा पारेर आफूनिकट कैदी बन्दीलाई चौकिदार बनाउँदै  आएका छन् । ललितपुर जिल्लामा रहेको नख्खु कारागारमा राणाले  ऐनको उल्लँघन्  गर्दै चौकीदार नियुक्ती गर्न कारागार प्रशासनलाई बाध्य पारेका छन् । आफू निकटलाई चौकिदार बनाउन राणाले जेलरलाई पनि मोटो रकम भोग शान्ति गर्ने गरेको कारागार स्रोत बताउँछ  । नख्खु कारागारको दुई ब्लक मध्य सिआसीमा लागूऔषधका अस्थानी मगर तथा डिआसीमा पनि लागूऔषध मुद्दाकै मनोज लामा चौकीदार रहेका छन् । कारागार ऐन अन्र्तगत यी दुई कैदी चौकीदार वन्न पाउदैनन् ।

कारागार ऐनको उल्घंन गरी चौकीदार नियुक्ती गरेको बिषयमा नख्खु कारगारका जेलर चक्रमणि गौतम भन्छन्- ‘अरु मुद्दाका कैदी नभएको र अन्य कैदी चौकीदार बन्न इच्छुक नभएकाले नियम बिपरित चौकीदार नियुक्ती गर्नु परेको हो ।’ तर नख्खु कारागारमा बिगत ३ बर्ष देखि डन राणाले चाहेको कैदीमात्र चौकिदार बन्दै आएको स्रोतको दाबी छ । चौकिदार बनाएबापत राणाले सुरुमा ५ लाख र मासिक ५० हजार खाने गरेको राणा निकट स्रोत बताउँछ  । नख्खु कारागारका कैदी बन्दीले जेलरसँगको मिलोमतेमा  चौकिदारले शोषण  गरेको भन्दै जेल नै कब्जा गरेका थिए । चौकिदार र नाईकेहरुलाई बाहिर निकाली कैदी बन्दीले दुई दिन सम्म जेल नियन्त्रणमा लिएका थिए । प्रशासनले चौकिदारलाई सरुवा गर्ने सहमति भएपनि कारागार कैदी बन्दीको नियन्त्रण बाहिर आएपछि आन्दोलनमा  सक्रिय कैदी बन्दीलाई अन्यत्र  सरुवा गरीएको थियो । तर चौकिदारलाई भने नख्खु कारागारमै राखिएको छ ।

यसको अलवा गुण्डका नाईके राणाको आयस्रोत भनेको रेष्टुरेन्ट बेच्ने अनि फेरी खोस्ने हो । राणाले बागबजारको अण्डर ग्राउड सो गर्ल नामक डान्स रेष्टुरेष्ट बिराटनगरका राजु श्रेष्ठलाई बेचेको एक महिना मै खोसेका थिए । एण्डभान्स लिएको सात लाख रुपैंया र रेष्टुरेन्ट मर्मत गरेको तिन लाख रुपैया राणाले दुई बर्ष बितिसक्दा पनि  अझै फिर्ता गरेका छैनन् । त्यसै गरी राणाले राजधानीका गुण्डाका नाईकेहरुलाई प्रहरी लगाउने अनि केस मिलाई दिन्छु भन्दै पैसा असुल्ने गरेको स्रोत बताउँछ  । राणाको जस्तै काम गर्ने प्रशान्त शर्मा  उर्फ रकीलाई महानगरिय प्रहरी अपराध महाशाखाको फन्दामा परिसकेका छन्  । तर राणालाई भने प्रहरीले उन्मुक्ती दिँदै आएको छ ।प्रहरी ईन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीलाई पनि राणाले पैसा फिर्ता लिन कमलपोखरीस्थित उईन बेल नामक रेष्टुरेन्टमा बोलाएर प्रहरीलाई जिम्मा लगाएको गुण्डा सर्कलमा चर्चा चलेको छ । राणाले डन चरीको मुद्दा मिलाईदिन्छु भन्दै आठ लाख रुपैया लिएका थिए । चरीले पैसा फिर्ता माग्न थालेपछि राणाले उक्त गेम खेलेको राणा निकट स्रोत बताउछ । चरीले उनका सहयोगी बेबो भन्नेलाई कमलपोखरीमा रोज छ म उसलाई भेटेर एक ठांउमा गएर आउछु भन्दै एक्लै बाईक लिएर गएको र फिर्ता नआएको बिबोले उनी  निकटलाई भने पछि गुण्डा सर्कलमा नारद राणाको चरित्रको पर्दाफास भएको हो ।

प्रतिक्रिया

सम्बन्धित