नेपालीकालागि इजरायलमा पुनः रोजगारी खुल्दै

काठमाडौँः इजरायलले नेपाली श्रमिकलाई पुनः रोजगारी दिने भएको छ । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको हो । सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ । नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताए । “नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उनले भने । घरेलु कामदार, परिचारकरसुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका उनले जानकारी दिए । कामदार चयन पारदर्शी ढङ्गले गरिने उनले प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित