डकैतीको पैसाबाट फिल्म हल

rabanjitकाठमाडौं । शनिबार बिहान २ बजे प्रहरीले एक गुण्डालाई गोली हानी पक्राउ ग-यो । अन्र्डरवल्र्डको शैलीमा पैसा माग्दै गोली हान्ने धम्की दिने काभ्रेली समूहका सन्कि लामा भनिने रावणजीत लामा आफैंले प्रहरीको गोली खाएका थिए । भूकम्पको मौकामा सिन्धुपाल्चोक जेलबाट भागेका उनलाई पक्राउ गर्ने क्रममा अर्का एक व्यक्ति पनि पक्राउ परे । लामालाई पक्राउ गर्न खोज्दा प्रहरीको अगाडि दादागिरी देखाउने भक्तपुरका उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ ग-यो । अनुसन्धानको क्रममा उनी डरलाग्दो अपराधिक पृष्ठभूमी भएका व्यक्ति भएको खुलेको छ । अपराधीकै पैसाबाट उनले करोडौं सम्पत्ति जोडेको समेत पाइएको छ । श्रेष्ठले भक्तपुरको बाराही सिनेमा हलमा शेयर हाल्नुका साथै भक्तपुरमा विभिन्न स्थानमा जग्गा किनेको अनुसन्धानमा खुलेको छ । २०५४ सालमा ठमेलको ठैटीमा एक करोड रुपैयाँ बराबरको डलर डकैती गरेको आरोपमा उनी १ वर्ष जेल बसेका थिए । तीन वर्ष जेल बसेर छुटेलगत्तै उनले उक्त डकैती गरेका थिए । ग्याङ फाइटमा एक व्यक्तिको हत्या आरोपमा २०५१ सालमा उनी जेल परेका थिए । पछि सुकेधारामा सुलभ सहकारीका नाममा सर्वसाधरणको करोडौं ठगेर मस्ती गरेको अनुसन्धानमा खुलेको छ । पछिल्लो समय भक्तपुरमा जग्गा प्लटिङ र असुली धन्दा चलाउँदै आएका थिए । उनी अरु पनि अपराधमा संलग्न रहेको आशंकामा प्रहरीले छानबिन थालेको छ । त्यसैगरी ग्याङ फाइटको तयारीमा रहेका दुई गुण्डाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती १ बजे काभ्रेली समूह र हेटौंडाका बिश्वक्रान्तिको समूहलाई प्रहरीले पक्राउ गरेको हो । राप्रपा निकट भएर गुण्डागर्दी गर्दै आएका बिश्वक्रान्ति सिंह र कमल भन्ने संजीव बस्नेत तथा शिव ज्वाला समेत पक्राउ परेका छन् । त्यस्तै काभ्रेली समूहका धन कुमार तामाङ, उमेश तामाङ, अजय तामाङ र यूवराज भट्टलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुई समूह झगडा गर्न लागेको सूचना पाएपछि आईक्बल अगाडिबाट पक्राउ गरिएको महानरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले बताए । उनीहरुलाई पक्राउ परेका बिश्वक्रान्ति हेटौंडाका नामुद गुण्डा हुन् । पछिल्लो समय ललितपुरलाई आधार मानेर उनी गुण्डागर्दी गर्दै आएका छन् । ललितपुरमा रेष्टुरेन्ट समेत चलाउदै आएका उनी व्यापारीहरुलाई धम्काएर पैसा समेत असुल्ने गरेका छन् । त्यस्तै बाफलका डन समिरमानसिंह बस्नेत र ललितपुरका डन मिनकृष्ण महर्जनले पनि धम्क्याएर रकम असुल्ने गरेको उजुरी महाशाखामा परेको छ । डन बस्नेतले नेपालगञ्जका डन रिगल नेपाल मार्फत फिरौती असुल्ने गरेको स्रोत बताउँछ । महानगरीय अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनाल आएपछि गुण्डाहरु तर्सिन थालेका छन् । यूनाइटेड पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित