ठेकेदार भट्टले चीनबाट अर्बौं भित्र्याएपछि गेजुवाको सम्झौता रद्द

काठमाडौं । सरकारले संसदीय समितिको निर्देशन बमोजिम विवादास्पद बुढीगण्डकी जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेसँगै राजनीतिक बृत्तमा हंगामा मच्चिएको छ । आफ्नै लगानीमा बनाउन नेपाल सरकारलाई संसदको कृषी तथा जलस्रोत समितिले दिएको निर्देशन विपरित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले हट्ने बेलामा विना प्रतिष्पर्धा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई आयोजना दिने निर्णय गरेको थियो । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता रद्द गरेसँगै माओवादी केन्द्रका प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ एजेन्ट झैं भएर विरोधका ठूला स्वर निकाल्न थालेका छन् ।

प्रचण्ड सरकारले गरेको निर्णयको बारेमा चौतर्फी आलोचना भएको थियो । कमिसनका लागि आयोजना बुझाउन खोजिएको भन्दै पूर्व प्रधानमन्त्री तथा तत्कालिन माओवादीका नेता डा बाबुराम भट्टराईले सार्वजनिक रुपमै विरोध गरेका थिए । ३ सय अर्व भन्दा बढीको आयोजना विना प्रतिष्पर्धा चिनियाँ पक्षलाई बुझाइएको भन्दै काँग्रेसले पनि विरोध जनाएको थियो ।

उर्जामन्त्री छँदा जनार्दन शर्माले नै मन्त्रिपरिसद्मा फाइल लगेर बिना प्रतिस्पर्धा चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना जिम्मा लगाएका थिए । प्रहरीमा हरियारको खरिद बिक्री गर्ने ठेकेदार दिपक भट्ट गेजुवा ग्रुप अफ कम्पनीका नेपाली एजेन्ट हुन भने उनले नै बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई जिम्मा लगाउन एक अर्व रकम कांग्रेस, माओवादी र एमालेलाई बाँडेको चर्चा चलेको थियो ।

त्यतिखेर पूर्वप्रधानमन्त्री भट्टराईले बुढीगण्डकी आयोजना चिनियाँ निजी कम्पनीलाई जिम्मा लगाउँदा सरकारी अधिकारीले ठूलो रकम कमिशनका रुपमा लिएको दाबी गरेका थिए । तर, अहिले निर्णय खारेज भएसँगै ओली र प्रचण्डले भने कांग्रेसले धोका दिएको बताउन थालेका छन् ।

शुरुमा सँगै कमिसन खाएर अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाले नै धोका दिई आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय रद्द गरेकोप्रति देउवाले ठूलो जोखिम मोलेको भन्दै चर्चा शुरु भएको छ । आसन्न चुनावमा ठेकेदार भट्टले गेजुवा कम्पनीमार्फत लविङ गरी माओवादी र एमालेलाई चुनाव खर्च भन्दै अर्बौं रकम चीनबाट भित्र्याएको जानकारी थाहा पाएपछि प्रधानमन्त्री देउवाको दबाबमा भट्टलाई एजेन्टबाट मुक्त गराउन सम्झौता रद्द गरिएको स्रोतको दावी छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित