नेपाल प्रहरीद्वारा सशस्त्र प्रहरी हवल्दार पक्राउ

armकञ्चनपुर, २२ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच क्षेत्राधिकारको बिबाद बढिरहेको बेला एक सशस्त्र प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ बजारस्थित चार नम्बर गल्लीमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने सशस्त्र प्रहरी हवल्दार ३२ वर्षीय प्रवीन भट्टलाई अवैध लागूऔषध २० थान रेक्सोजेसिक र २० थान फेनारगनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टले चलाएको म.२ प ११३९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा पाइन्टको खल्तीबाट उक्त परिमाणको लागूऔषध बरामद भएको हो । भट्ट सशस्त्र प्रहरी बल खप्तड व्यारेक अछाममा कार्यरत छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित