आफ्नैलाई हराउन माओवादीभित्र होडबाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका प्रमुख नेताहरूलाई हराउन अन्तरघातका खेल हुन थालेपछि एकअर्काप्रति अविश्वासको अवस्था सिर्जना भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रचण्डलाई हराउन भूमिका खेलेको चालपाएपछि कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझीसहितका नेताले संसदीय दलको नेताको पदमा -याल चुहाउन थालेको खुलासा भएको छ ।

यी दोस्रो तहका नेताहरूले नै एकले अर्कालाई हराउन भूमिका खेलेको एक नेताले बताए । पार्टीमा आ–आफ्नो बर्चश्व बनाउन उनीहरू एकले अर्कालाई हराउन सक्रिय भएका हुन् । विशेष गरेर माओवादीका नेताहरू कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठलाई ठेगान लगाउने अभियानमा जुटेको स्रोतको भनाई छ । प्रचण्डले एमालेको समर्थनमा चितवन क्षेत्र नं. ३ मा जित्ने दाबी गर्दै आएका छन् ।

उनले चुनावी भाषणहरूमा ‘मेरो प्रतिस्पर्धी कोही पनि छैन’ भनेर घमण्डका साथ बोल्ने गरेका छन् । प्रचण्डको त्यो घमण्डलाई चकनाचुर पार्न माधवकुमार नेपाल र झलनाथ खनाल लागेका छन् । प्रचण्ड पराजित हुने पक्का जस्तै देखेपछि माओवादीभित्र भावी नेताका रुपमा दोस्रो तहका नेताहरूबीच चलखेल सुरु भएको हो । माओवादीको संसदीय दलको नेताका रुपमा महरा, शर्मा, पुनसहितका दोस्रो तहका नेताहरूले दाबी गर्न थालेपछि पार्टीभित्र बबण्डर भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित