दर्जनौ अपराधमा संलग्न चितवनका सुटर पक्राउ

kanchhiकाठमाडौं ।  चितवन प्रहरीले दर्जनौ अपराधमा संलग्न कमिला समुहमा आवद्द कान्छी भन्ने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ ।  नेपाली काँग्रेसनिकट  तरुण दलको आवरणमा गुण्डागर्दी गरी जबर्जस्ती टेन्डर कब्जा,हप्ता असुली ,ब्यापारीसँग फिरौती  असुल्ने जस्ता कार्यमा सँलग्न हुँदै आएका कार्कीलाई  चितवन प्रहरीले शनिबार पक्राउ गरेको हो  । जिल्लाभित्र हुने विभिन्न खालका झडपका घटनामा उनी मुछिदै आएका छन्  ।

प्रहरीका अनुसार  नेपाली कांग्रेस स्याङ्जाका सभाशद् राजु थापाको संरक्षणमा पोखरादेखी स्याङ्जासम्म हुने बिकास निर्माणका कार्यको टेन्डर कब्जामा कार्की संलग्न हुँदै आएका थिए ।  लागूअौशध ,हातहतियार र डाका मुद्दामा सँजाय भोगिरहेका कास्कीस्थित लेखनाथका सुटर बिक्रम तामाङ्का सहयोगी समेत रहेका कार्की हाल भने पोखराको आपराधिक एलजी समुहसँग नजिकिंदै  दर्जनौ अपराधमा सँलग्न रहेको चितवन प्रहरीले पत्ता लगाएको छ । कार्की  चितवनको कारागार घटनामा मारिएका शिव पौडेलका मुख्य सहयोगी पनि हुन ।  भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा दुई बर्ष अघी चितवनकै अर्का गुण्डा नाइके  प्रमेश राई सहित कार्की पक्राउ परेका थिए  । कार्कीलाई छुटाउन नेपाली कांग्रेसका केही नेता र प्रहरीकै केही उच्च अधिकारी लागिपरेको श्रोत बताउँछ  । केही दिन अघी जुनियर प्रहरी अधिकृत तालिम शिक्षालय तथा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा असईको आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफ्नै हाकिमले गलत दबाब दिएपनि त्यसलाई अस्वीकार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका थिए  । चितवनका प्रहरी प्रमुख एसपी सहकुल थापाले गुण्डा नाइके कार्कीमाथि अनुसन्धान भैरहेको  बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित