पर्यटकीय क्षेत्र राती १२ बजे सम्म खुल्ला गर्न रेष्टुंरा व्यवसायीको माग

चितवनः पर्यटकीय नगरी सौराहामा रहेका रेष्टुरेण्ट व्यवसायीहरुले पर्यटकीय क्षेत्र रातको १२ बजे सम्म खुल्ला गर्न माग गरेका छन् । पर्यटन क्षेत्रमा पर्यटकहरु राती सम्म रमाउन आउने भएपनि चितवन प्रशासनले १० बजेसम्म मात्रै होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न लगाएको नियमले पर्यटकहरुलाई मर्का परेको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले भूकम्पले समेत पर्यटन क्षेत्रलाई ठूलो मात्रामा प्रभावित पारेको भन्दै पर्यटनमा असर गर्ने नीतिलाई फराकिलो दायरा बनाएर हेर्न आग्रह गरेका छन् । व्यवसायीहरुले भुकम्पपछि होटल तथा रेष्टुंरा आचारसहिता २०७२ लाई परिमार्जित गर्नु पर्ने माग राखेका छन् ।

sundar sauraha

प्रतिक्रिया

सम्बन्धित