आयल निगमको मासिक नाफा ६३ करोड, तत्काल भाउको मूल्य घटबढ नहुने

nepal oil corकाठमाडौँः नेपाल आयल निगमको मासिक नाफा ६३ करोड रुपैयां पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको ६२ डलर १ सेन्ट कायम छ । तर निगमले भने तत्काल मूल्य घटबढ नगर्ने भएको छ । भूकम्पले आहत भएको बेलामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ मूल्य नबढाएको निगमको भनाइ छ । ‘जुलाई महिनामा पनि मूल्य स्थिरनै राख्ने निर्णय भएको छ निगममा निर्णय भएको छ । अन्तर्राष्ट्रिय बजारमा ठूलो उतार÷चढाव नआए अझै केही महिना तेलको मूल्य नबढ्ने निगमका अधिकारीहरु बताउँछन् ।

इन्डियन आयल कर्पोरेसनले जुलाई १मा पठाएको मूल्यमा निगमको नाफा बढेको छ । नयाँ मूल्य अनुसार निगमको नाफा बढेर ६२ करोड २९ लाख रुपैयाँ नाफा भएको छ । निगमलाई जुन महिनामा ५७ करोड मात्रै नाफा थियो । नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा एक लिटरमा १० रुपैयाँ १२ पैसा, डिजलमा ४ रुपैयाँ ४ पैसा, मट्टितेलमा २० रुपैयाँ ५२ पैसा नाफा छ । नयाँ मूल्यमा निगमलाई ग्यासमा सबैभन्दा बढी राहत दिएको छ । निगमलाई एक सिलिन्डर ग्यासमा १७ रुपैयाँ २८ पैसा नोक्सानी छ । अघिल्लो महिना ग्यासमा ६२ रुपैयाँ नोक्सानी थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर नाफामा गएपछि निगमले विभिन्न वित्तिय संस्थाको ऋण तिरेको छ ।

प्रतिक्रिया

सम्बन्धित