नेप्सेमा एक अर्ब ५९ करोडको कारोवार

nepseकाठमाडौँः साताभरीमा नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ९ हजार ४ सय ६९ कारोबारबाट एक अर्ब ५९ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरका ३१ लाख १५ हजार एक सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५० दशमलब ४६ प्रतिशत बढि हो ।

गत साता १ सय ७० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ७ हजार ४ सय ३५ कारोबारबाट एक अर्ब पाँच करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरका २७ लाख ७५ हजार नौ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशलमलब ९६ अंकले बढेर अन्तिम दिन ९ सय ३८ दशमलब ९६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शुन्य दशमलब ४४ अंकले घटेर १ सय ९९ दशमलब ७८ अंकमा आईपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएनटेड स्किम १ अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया

सम्बन्धित