ड्राइभर लाइसेन्सको परीक्षा पुनः खुला

Nepali Drivers Licenceकाठमाडौँः यातायात व्यवस्था कार्यालयले सवारी साधनको चालक परीक्षा (ट्रायल) बुधबारदेखि पुनः सुरु गरेको छ ।सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा सुरु भएको हो । भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा रोकिएको थियो । कार्यालयले लिखित परीक्षा सम्पन्न हुनासाथ तत्काल नतिजा प्रकाशनको व्यवस्था मिलाएको छ । कार्यालयमा सेवाग्राहीको समस्या छिटो छरितो रुपमा समाधान गर्न सहयोगी कक्ष तथा गुनासो सुन्ने बेग्लै अधिकारीको व्यवस्था गरेको छ । त्यसैगरी ट्रक तथा बसको अनुमतिपत्रका लागि यही असार ३० गतेदेखि दर्ता फाराम खुला गरिने भएको छ । गएको असोजदेखि ट्रक तथा बसका अनुमतिपत्र जारी गर्न बन्द गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित