प्रदिपजंगको मुद्दाको टुंगो नलाग्दासम्म महासंघको अध्यक्ष गैरकानूनी

 काठमाडौँः नेपाल उद्योग वाणीज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे निलम्बनमा परेपछि हालका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका अध्यक्ष बन्ने लगभग पक्का भएको छ । अध्यक्षका उम्मेदवार भास्करराज राजकर्णिकारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मुरारकालाई अध्यक्ष बन्ने बाटो सहज बनेको हो ।

तर उनको सजहबाटो बैधानिक नहुने वकिलहरुको दावी छ । महासंघको विधान अनुसार अपराधको आरोप लागेको पदाधिकारी स्वतः निलम्बन गर्ने व्यवस्था भएपनि हाल सर्वोच्चमा पाण्डेको मुद्दा बिचाराधिन रहेकाले उक्त मुद्दाको फैसला नभएसम्म महासंघको नयाँ अध्यक्ष बैधानिक नहुने वकिलहरुले बताएका हुन् । महासंघमा आन्तरिक विवाद बढ्दै गएपछि उनका प्रतिद्वन्द्वीहरुले पाण्डेलाई आरोप लगाएर थुनामा राखेको पाण्डे निकट व्यक्तिहरुको भनाई छ ।

हाल सर्वोच्चमा विचाराधिन रहेको मुद्दामाथि पूर्व महान्यायाधीवक्ता बद्रीवहादुर कार्की लगायतकाहरुले हेरिरहेका छन् भने फैसला नभएसम्म कुनै पनि पदमा रहेको व्यक्तिको पद खारेज हुने व्यवस्था नभएको बताएका छन् । सर्वोच्चको यो नजिरले हाल भ्रष्टाचारको आरोप खेपीरहेका पाण्डेको मुद्दाले महासंघको पनि टाउको दुखाई बनिरहेको छ ।

हाल कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचार गराईरहेका पाण्डेलाई उक्त भ्रष्टाचार मुद्दामा तत्कालिन राजा वीरेन्द्रले माफी दिएको पाण्डेले बताउँदै आएका छन् । यता उनको मुद्दा हेरिरहेका वकिलहरुको भनाईअनुसार लामो समयअघिको अभियोगमा पाण्डेलाई पक्राउ गरिएकाले तत्कालिन प्रमाण पाउन पनि मुस्किल भएको बताएका छन् । उच्च रक्तचापक विरामी रहेका पाण्डेको मुटुमा गम्भिर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

भ्रष्टाचार मुद्वामा पक्राउ नगर्न माग गर्दै दायर रिट सर्वाेच्च अदालतले खारेज गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई पक्राउ गरेको थियो । सर्वोच्चमा विचाराधिन मुद्दाको केहि समयपछि फैसला हुने बताईएको छ । हालसम्म कुनै सवुत प्रमाण नपाएकाले पाण्डेकै पक्षमा सर्वोच्चको फैसला आउने श्रोतले बताएको छ ।

fncci

प्रतिक्रिया

सम्बन्धित