साउदी मन्त्रीले भने नेपाली ठग्नेलाई कडा दण्ड हुन्छ

saudi arab 3काठमाडौंः साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कामदारबाट बढी रकम असुल्ने रोजगारदाता र एजेन्टमाथि कारबाही गर्ने निर्णय भएको जानकारी नेपाल सरकारलाई दिएका छन्। उनका अनुसार कामदार पठाउने मुलुकबाट शुल्क असुलेमा त्यस्ता एजेन्ट दण्डको भागीदार हुने र त्यस्तो दण्ड आर्थिक र कैद दुवै हुनेछ।साउदी सरकारले कामदारका उजुरी सुन्न विभिन्न स्थानमा कल सेन्टर स्थापना गरेको र त्यसमार्फत आउने उजुरीको सुनुवाइ गरिने जानकारी पनि दिएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका राजदूत दीपक धितालमार्फत मन्त्री मोफरिज अल हकवानीले यस्तो जानकारी पठाएका हुन्। राजदूत धितालले यसबारे एउटा विस्तृत रिपोर्ट नै परराष्ट्र मन्त्रालयमा पठाएको अन्नपूर्ण पोस्टमा समाचार छ । साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कम्पनीहरूले गरिब कामदारबाट धेरै रकम शुल्क भन्दै लिने गरेकोप्रति पनि चासो राखेका थिए। उनले कामदार भर्तीमा लाग्ने त्यस्तो सबै रकम साउदी सरकारले नै तिर्ने जानकारी पनि नेपाल सरकारलाई गराएका छन्। त्यो सन्देश मैले पनि पाएको छु’, श्रम तथा रोजगार व्यवस्थामन्त्री टेकबहादुर गुरुङले भने, ‘असार २१ गतेबाट सबै खाडी मुलुक र मलेसिया जाने कामदारबाट कुनै शुल्क लिन नपाइने नीति लागू गरेपछि पनि रकम लिएको थाहा भए तत्काल नियन्त्रणमा लिइनेछ।’

प्रतिक्रिया

सम्बन्धित