गौचन हत्यामा संलग्न सुटर राजिव लामासहित ५ जना पक्राउ, मुख्य योजनाकार समिरमान सिंह बस्नेत फरार

काठमाडौं। लामो अनुसन्धानपछि प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी कार्यालयले सार्वजनिक गर्दैछ ।

 प्रहरी स्रोतका अनुसार सुटर राजिब लामा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डा नाइके समिरमान सिंह बस्नेतको निर्देशनमा उनले गोली हानेको जनाइएको छ ।

 यसमा महासंघ भित्रकै केही ठेकेदारको सँलग्नता रहेको खुलेको छ  । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी जय बहादुर चन्दका अनुसार हत्यामा समलग्न सुटर सहित ५ जना पक्राउ परेका छन् । गौचनमाथि गत असोज २३ गते बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए।

प्रतिक्रिया

सम्बन्धित