सर्वोच्चमै गएर डा. केसीले भने–‘प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया’

काठमाडौं : अदालतको मानहानी गरेको अभियोगमा पक्राउ परेका प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतमो इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताउँदै उनले कसैको रैती नभएको बताएका छन् । सुनुवाइका क्रममा इजालसमै डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताए । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । अहिले केसी पक्षीय वकिलहरुले बहस गर्दैछन् । डा. केसी पक्राउ परेसँगै धेरै नै आक्रोशित बनेका छन् । जनताको साथ पाएका केसीले यति धेरै आक्रोशित बन्दा कतै उनैलाई त असर पर्ने होइन ? प्रश्न गम्भिर छ । यतातर्फ पनि डा. केसीको ध्यान जानु जरुरी छ । प्रधानन्यायाधीस जस्तो गरिमामय पदमा बसेका जो कोहीलाई विना प्रमाण आरोप लगाउनु हुँदैन र गलत गर्ने व्यक्तिलाई त्यस्तो पद पनि दिनु हुँदैन । सरकारले पनि पराजुलीले गलत गरेको भए गलत्याउन सक्नुपर्छ । नत्र भने विशिष्ट पदमा रहेकाहरुमाथि सडकमा नाराबाजी गर्नुको कुनै तुक हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित