मानहानीको मुद्धा लगाउन गगन थापाको चुनौती
सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा केसीलाई पक्राउ गरी सर्वोच्च अदालतमा उपस्थित गराइएपछि थापाले चुनौती दिँदै आफूहरुलाई पनि मानहानीको मुद्धा लगाउन चेतावनी दिएका हुन् ।
केसीलाई अदातलमा लगिएकै बेलामा पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा नेता थापाले आफूले शाही कालका बेलामा पनि पूर्व राजा ज्ञानेन्द्रको सरकारबाट राजद्रोहको आरोप खेपेको सम्झना गर्दै नीतिभित्र चलेका मानिसलाई जिस्क्याउने काम नगर्नसमेत चेतावनी दिए । उनीसहितका नेताहरुले आफूहरु पनि भ्रष्टाचार र वेथितिविरुद्ध लडिरहने भन्दै अदालतलाई पनि मानमर्यादामा रहन आग्रह गरे ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो ।
प्रतिक्रिया