प्रधानन्यायाधिशको राजिनामा माग गर्ने डा.गोविन्द केसीविरूद्द पक्राउ पूर्जी

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा  डा.गोविन्द केसीविरूद्द पक्राउ पूर्जी जारी गरेको छ । देशको कानुनलाई नै चुनौती दिएका डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

यसअघि १३ पटक सम्म अनसन बसिसकेका केसीको यो अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रीत थियो ।

केसीको सत्याग्रहको तीर अब प्रधानन्यायाधीश गोपाल पराजुलीतिर सोझिएको छ ।आइओएमको डीनबाट चार वर्ष पहिले बर्खास्त भएका डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुनःवहाली गर्न आदेश दिएपछि डा. केसीले पाँच सुत्रीय माग राखेर अनसन छेडेका हुन् ।डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औ‌ं अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित