कानुनलाई नै चुनौती दिए केसीले, प्रधानन्यायाधीशविरुद्ध अनसन

काठमाडौं । देशको कानुनलाई नै चुनौती दिँदै आएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसी फेरि अनसन बसेका छन् ।

यसअघि १३ पटक सम्म अनसन बसिसकेका केसीको यो अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रीत छ । केसीको सत्याग्रहको तीर अब प्रधानन्यायाधीश गोपाल पराजुलीतिर सोझिएको छ ।

आइओएमको डीनबाट चार वर्ष पहिले बर्खास्त भएका डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुनःवहाली गर्न आदेश दिएपछि डा. केसीले पाँच सुत्रीय माग राखेर अनसन छेडेका हुन् ।

अनसन सुरु गर्नुअघि डा। केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर आफ्नो माग र धारणाहरु सार्वजनिक गरे । अपराह्न ४ बजेबाट अनसन थाल्ने पूर्व सूचना दिएका थिए ।

डा. केसीले सरकारलाई उचित कदम चाल्न भन्दै २ घण्टा समय दिएका थिए । न्यायालयमा किनबेच चल्न थालेको आरोप लगाउँदै डा. केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा गर्नु पर्ने माग गरेका छन् । पराजुलीबारे छानबिन गर्नुपर्ने समेत केसीले भनेका छन् । अनसन आरम्भ गर्दा केसीले पत्रकारमाझ माफियाविरुद्ध सास रहुन्जेल लड्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित