पहिलो त्रैमाशिकमै १६ करोड कमायो एनसीसीले

एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २७ प्रतिशतले नाफा बढाएको छ । चालु आव २०७४÷७५ को पहिलो त्रैमाशिकमा एनसीसीले नाफा २७ प्रतिशतले बढाएको हो । बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने लगभग ९२ प्रतिशतले घटेको छ । यो रकम १ करोड २५ लाख रहेको छ । २३ करोड रुपैयाँ राइट ब्याक गरेपछि बैंक नाफा बढाउन सफल भएको हो । बैंकको खुद व्याज आम्दानी पनि १२ प्रतिशतले घटेको छ । यो रकम २१ करोडमा सिमित रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट करिब १० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ३२ प्रतिशतले बढेको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ३३ करोड रुपैयाँ राखेको छ भने ३१ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ४.६९ प्रतिशत रहको छ । बैंकको कुल कर्जा लगानीमा ४७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २३ अर्ब रुपैयाँ लगानी भएको छ । बैंकको सेयरमा प्रतिफल करिब १३ प्रतिशतबाट घटेर ९ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी २ अर्ब धेरैले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित