अपराधका नाइकेहरुलाई कठघरामा नल्याए सरकारको नियतमाथि नै प्रश्न

काठमाडौं। नेकपा एमालेले रुपन्देहीका युवा व्यवसायी तथा आफ्ना कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ।

एमाले महासचिव ईश्वर पोखरेलले आइतबार बिज्ञप्ती निकाल्दै जनतालाई शान्ति सुरक्षा दिन सरकार असफल भएको बताएका छन्।

‘गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेर बहादुर देउवा र वर्तमान सरकारको असक्षमता मात्र उजागर भएको छैन, अपराधिक सञ्जालका सामु सरकार निरिह बन्दै गएको यथार्थलाई समेत उजागर गरेको छ।’

एमालेका युवाहरुविरुद्ध लक्षित अपराधका नाइकेहरुलाई कठघरामा नल्याए सरकारको नियतमाथि नै प्रश्न उठाउन बाध्य हुने एमालेले जनाएको छ। शुक्रबार देवदहमा गोली हानी पौडेलको हत्या भएको थियो। हत्यामा प्रयोग भएको मोटरसाइकल भेटिएपनि हत्यामा संलग्न व्यक्तिहरु कोही पक्राउ परेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित