बाम गठबन्धनको सरकारमा भाँजो नहाल्ने पक्षमा भारत

काठमाडौं। नेपालमा बाम गठबन्धन र भारतबीचको सम्वन्धको चर्चा भैरहँदा भारत जे जस्तो भएपनि बाम गठबन्धनको सरकारमा कुनै भाँजो नहाल्ने पक्षमा देखिएको छ।

 अहिलेसम्म भारत विरोधी भावना नेपाली जनतामा रहेकोले अहिले गठबन्धन अरुकै कारण टुटेपनि दोष भने भारतलाई नै जाने भएपछि भारत बरु बाम गठबन्धनको सरकार बनाउन सहयोग नै गर्ने पक्षमा छन्।

 त्यसैले भारत अहिलेको बाम गठबन्धनको सरकार बनाउने र त्यसपछि नै बरु जति खेल्नु छ खेल्ने पक्षमा छ। तर, बाम गठबन्धनको सरकार भनिरहँदा केपी ओली नै प्रधानमन्त्री बन्छन् भन्ने यकीन भने भईसकेको छैन। अहिले प्रचण्डको पनि प्रधानमन्त्रीमा नाम आईरहेको छ । माधव नेपाल पनि चौका हान्ने दाउमा छन्। जुन पात्र बनेपनि अबको प्रधानमन्त्री भने बाम गठबन्धनबाटै बनाउन भारत सकारात्मक रहेको देखिएको छ। चीनपनि भारतसँगको सहकार्यको पक्षमा केही दिन अघि चीनले पनि नेपालमा भारतलाई चिढ्याएर सरकार बनाउन नचाहेको स्पष्ट पारेको थियो। चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा गर्दै चीनका एक वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका थिए।

 तीन दिने नेपाल भ्रमणमा आएका उनले नेपालप्रति चीनको भित्री चाहना स्थायी सरकारमै रहेको बताएका हुन्। उनले सबैभन्दा झट्का लाग्ने कुरा त के भने कम्युनिष्ट गठबन्धनका लागि चीनले सबैभन्दा ठूलो भूमिका खेलेको थियो भन्ने विषयलाई ‘फाल्तुकुरा’ भन्दै उनले चीनले नेपाललाई अस्थिर हैन स्थायी भएको देख्न चाहेको प्रतिक्रिया दिए।

  उनले भारत र चीन दुबैसँग सहकार्य गर्नसक्ने स्थिर सरकारको पक्षमा चीन रहेको प्रतिक्रिया दिएका थिए। चीनलाई पनि भारतसँग दुस्मनीले स्थिर सरकारको परिकल्पना पूरा नहुने हेक्का भएर नै यस्तो बताएको हुनसक्ने आशंका गरिएको छ। यसरी भारत र चीन दुबैको चाहाना भएपछि नेपालमा बाम गठबन्धनको सरकार बनाउन रोक्ने पक्षमा कोही पनि रहेको देखिएको छैन।

 यस्तो अवस्थामा राष्ट्रपतिको लागि झलनाथ खनालले आकांक्षा देखाउनु, प्रधानमन्त्रीमा सबैले आ आफ्नै दाबी गर्नु र पार्टी अध्यक्षको लागि समेत खुट्टा तानातान हुनुले यस भित्रको आन्तरिक झमेला बाम गठबन्धनमा देखिएपनि बाह्य शक्तिले गठबन्धन टुटाउन खोजे भन्ने ओलीको भाषण भने जनताको सेन्टिमेन्ट जित्नको लागि मात्रै भएको कुरा पनि पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित