अर्याल अाईजीपी बनेपछि डिएसपी कुँवरको १३ औ पटक सरुवा

काठमाडौं । कही नभएको जात्रा हाँडी गाउँमा भने झै  प्रकाश अर्याल अाईजीपी बनेपछि नेपाल प्रहरीका एक डिएसपीको १३ औ पटक सरुवा भएको छ ।

गत चैत्र २९ मा अर्याल अाईजीपी बनेपछि नौ महिनाको अबधिमा मात्र डिएसपी रुगम कुँवरको १३ स्थानमा  सरुवा भएको हो ।

  कुँवरलाई सुरुमा केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)बाट केन्द्रीय निर्वाचन सुरक्षा सेलमा खटाइएको थियो । ८१ वर्षीय  बुबाको उपचारको क्रममा प्रहरी अस्पतालमा मृत्‍यु हुँदा कुँवर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकोअनुसन्धानमा खटिएका थिए ।

 उनी २५ दिनसम्म काठमाडौं बाहिर गएर दिनरात गौचन हत्याको अनुसन्धानमा खटिएका थिए। गौचन हत्याको छानविन गर्न गठित डिआईजी गणेश केसीको समितीमा सदस्य रहेका कुँवरकै पहलमा गौचन हत्यामा संलग्न सुटरहरु पक्राउ परेका थिए  । तर, सोही घटनाको अनुसन्धान नसकिँदै उनको सरुवा भएको छ उदयपुर जिल्लामा ।

  अनुसन्धानमा काबिल मानिने कुँवरको सरुवा भएपछि घटनाको यथार्थ विवरण बाहिर आउनेमा शंका/ उपशंकाहरु उब्जिएका छन् । प्रहरी स्रोतका अनुसार समिरमानसिंह बस्नेत र मनोज पुनको समुहबारे नजिकबाट अनुसन्धान गरिरहेका डिएसपी कुँवरले बस्नेतसँग केही प्रहरी अधिकारीको पनि कनेक्सन रहेको यथार्थ जानकारी समितीलाई दिएपछि तिनै प्रहरी अधिकारी र सिअाईबीको डिजाइनमा अचानक उदयपुर जिल्लामा सरुवा गरिएको हो ।

 साधारणतय एक बर्ष नपुगी कुनै पनि प्रहरीलाई सरुवा नगर्ने प्रावधान भए पनि प्रहरी प्रधान कार्यालयले महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेका कुँवरलाई  बिना कारण सरुवा गरेको हो  । डिएसपीमा बढुवा भएपछि उनको दरबन्दी महानगरिय प्रहरी कार्यालय रानीपोखरी कायम गरिएको थियो ।

 तर, अर्याल अाईजीपी बनेपछि नौ महिनाको अबधिमा मात्र उनको सिअाईबीबाट केन्द्रिय निर्वाचन सेल,म्याग्दी,प्रहरी प्रधान कार्यालय,रौतहट,कपिलबस्तु, प्रहरी प्रधान कार्यालय, कार्य बिभागलगायतकाअन्य दुई ठाउँ पछि रानीपोखरीमा सरुवा गरिएको हो ।

  स्रोतका अनुसार तीन हत्याका नाइके एबम फिरौती र असुली धन्दाका मास्टरमाइन्ड समिर बस्नेतको मुद्दा बलियो बनाउन खोज्दा सिअाईबी प्रमुख डिआईजी पुष्कर कार्की र बस्नेतका नातेदार  डिएसपीको षड्यन्त्रमा उनको सरुवा गरिएको हो । सिअाईबीले गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको लामो समयसम्म पनि समितीलाई बुझाएको थिएन ।

  तर, बिभिन्न संचारमाध्यममा  पक्राउ गरेका अभियुक्तलाई समितीसमक्ष नबुझाई सिअाईबीको ‘भिआईपी हिरासत’मा ज्वाँईलाई झै राखेर मुद्दा नै कमजोर बनाउन  चलखेल गरिएको समाचार प्रकाशित भएपछि गत साता बस्नेतलाई समितीसमक्ष जिम्मा लगाइएको थियो। नेपाल प्रहरीका एक डिएसपीका नाताले भाई पर्ने बस्नेतलाई उनै डिएसपीको डिजाइनमा रहस्यमय तरिकाले पक्राउ गरी सिअाईबीले सार्वजनिक गरेको थियो।

  बस्नेतलाई कहाँबाट कसरी पक्राउ गरिएको भन्ने बारेमा सिअाईबीले कुनै स्पस्ट जानकारी दिएको थिएन भने आधा दर्जन बढी अपराधमा संलग्न बस्नेतबाट केही पनि बरामद नहुनुलाई समेत शंकाको दृष्‍टिकोणले हेरिएको थियो। जबकी बस्नेतका सहयोगीहरुलाई  छानविन समितीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको थियो।

 अहिले डिएसपी कुँवरलाई अन्यायपूर्ण तरिकाले सरुवा गरिएको बारे गौचन हत्याको अनुसन्धानमा सँलग्न एक अधिकारीले भने-  अाईजीपी प्रकाश अर्यालले राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्नेमा कुरा लगाउने आफ्नो कोटरीको सुझाब अनुसार उल्टै कारवाही स्वरुप सरुवा गरी नियम-कानुनकै खिल्ली उडाएका छन्। १३ स्थानमा सरुवा हुँदा यहाँ न मानब अधिकारको ख्याल गरिएको छ , न त गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेर वहादुर देउवालाई कुनै परवाह छ।'

अपराध अनुसन्धानमा विज्ञ  कुँवरले  एक दसक अगाडि विदेशी नागरिकको हत्या भएको घटनादेखि दर्जनौं जघन्य अपराधको अनुसन्धान गरेका थिए । तत्कालीन महानगरीय प्रहरी प्रभाग लैनचौरको प्रमुख हुँदा १७० वर्ष जेल सजाय तोकिएका चेलिबेटी बेचबिखनका नाइके सिन्धुपाल्चोकका बजिरसिंह तामाङलाई पक्राउ गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित