सुर्यविनायक-धुलिखेल सुरुङमार्ग बन्दै

बनेपा : तातोपानी नाका जोड्ने अरनिको राजमार्गको सूर्यविनायक(धुलिखेल खण्डमा पनि सुरुङ निर्माण हुने भएको छ । कोटेश्वर(सूर्यविनायक सडक विस्तारमा लगानी गरेको जापानले धुलिखेलसम्मको थप १६ किमि खण्ड पनि आठ लेनको बनाइदिन लागेको हो । धुलिखेल सडकमा धेरै घुम्ती भएकाले सुरुङमार्ग बनाउने योजनामा अध्ययन भएको छ । सुरुङमार्ग भक्तपुरको पलाँसेबाट खन्ने विकल्पमा अध्ययन भइरहे छ । आगामी फेब्रुअरीमा हुने नेपाल र जापानबीच द्विपक्षीय बैठकले यससम्बन्धि निर्णय लिने बुझिएको छ । उक्त खण्डको स्तरोन्नतीपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछापलगायत लामो दूरीका गन्तव्यका बसलाई धुलिखेलसम्म मात्र आउन दिने र त्यहीँबाट छुटाउने व्यवस्था गर्न सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित