निर्वाचन परिणाम आफूसमक्ष बुझाउन राष्ट्रपतिको आग्रह

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरी नयाँ सरकार गठनको बाटो खुल्ला गर्न सुझाव दिएकी छन् । विहिबार साँझ भएको छलफलमा राष्ट्रपति भण्डारील जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचन आयोगलाई सुझाव दिएकी हुन् । आयोगले राष्ट्रिय सभाको चुनाव नभई मत परिणाम सार्वजनिक गर्न नमिल्ने अडान लिइरहेका बेला राष्ट्रपतिले यस्तो सुझाव दिएकी हुन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयुक्तहरूलाई शीतलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले अप्रत्यक्ष रुपमा निर्वाचन परिणाम आफूसमक्ष बुझाउन आग्रह गरेको समेत बताइएको छ । राष्ट्रपतिसँगको भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपतिले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचनको मत परिणाम संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार समयमै सम्बन्धित निकायमा पेस गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।’ भेटमा आयोगले चुनावी मत परिणाम तत्कालै सार्वजनिक गर्न संवैधानिक एवं कानुनी अड्चन देखिएको भन्दै दलहरूबाट विकल्प खोजिनुपर्ने बताएको थियो । त्यसका लागि बाधा अड्काउ फुकाउनुपर्ने विकल्पमा समेत छलफल भएको स्रोतले बतायो । समानुपातिकसहित प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न भइरहेको ढिलाइ, प्रदेश बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित