३० वर्षे सेवाहद हटाउन अाईजीपी अर्याल नै सक्रिय

काठमाडौं ।  नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन अाईजीपी प्रकाश अर्याल नै सक्रिय रहेको समाचार छ  । अध्यादेशमार्फत् संघीय प्रहरी ऐन ल्याउने गृह मन्त्रालयको तयारीसँगै अर्यालको सक्रियता बढेको र उनलाई केही एअाईजी र डिअाईजीले साथ दिएको स्रोतले जनाएको छ ।

 ३० वर्षे सेवाहद हटाएर प्रहरी ऐन ल्याउनका लागि केही एआईजीहरुले चलखेल गरको थिए । प्रहरी स्रोतका अनुसार एअाईजी केशरीराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मिलाउने ठेक्का लिएका छन् भने एअाईजी हेमन्त पालले प्रधानमन्त्री शेरवहादुर देउवालाई मिलाउने ठेक्का लिएको बुझिएको छ । अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार मुद्दामा कारवाहीको तयारी गरिरहेका पुर्व अाईजीपीउपेन्द्रकान्त अर्यालले समेत उचालेको बुझिएको छ । ३० वर्षे सेवा हटाउन अर्यालले  एमालेका नेता एबम पुर्व गृहमन्त्री वामदेब गौतमसम्म लबिङ गरिरहेको वताइन्छ । गौतम र अर्याल नातेदार पनि हुन ।

  अहिले स्थिर सरकार नबनेको र हचुवाको भरमा संघीय प्रहरी ऐन ल्याउँदा समस्या हुने भन्दै  विरोध भएपनि अाईजीपी अर्यालले चलखेल गरेको स्रोत वताउँछ ।

 पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राना नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा अहिले आईजिपी प्रकाश अर्याल र एआईजीहरु ३० वर्षे सेवाहद हटाउने पक्षमा लागेका छन् । तर, अधिकांश प्रहरी भने आफूहरुको करिअरमा गम्भीर असर पुग्ने भन्दै त्यसको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित