आजबाट अंग्रेजी नयाँ वर्ष २०१८  सुरु

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०१८  सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो ।अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेको डा। शास्त्रदत्त पन्त बताउँछन् । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । नयाँ वर्षमा नेपालका बिभिन्न पनि  सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । सांगीतिक कार्यक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए ।

प्रतिक्रिया

सम्बन्धित