बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’
मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन ।
बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै तोड्दै आएका छन् ।
केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ ।यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । ९कान्तिपुर दैनिक०
प्रतिक्रिया