आफैले अबैध भनेका सुमार्गीलाई करोडौको जग्गा बेच्ने सिरोहिया कसरी भए बैध ?

काठमाण्डौं । तीनकुनेमा रहेको जग्गा धिती राखेर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको ऋण तिर्न नसकेपछि कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया तीन बर्ष अघि तनाबमा परे ।

  तर,उक्त जग्गा व्यवसायी अजेयराज सुमार्गीले किनेपछि  सिरोहिया आर्थिक संकटमा पर्नबाट जोगिए। जग्गा बैंकको अधिनमा थियो । खराब ऋणी त जग्गाधनी हुने नै भए ।

 त्यो जग्गा करोडौं खर्चेर  सुमार्गीले खरिद गरे । यसरी सिरोहियालाई सुमार्गीले नै जोगाए । तर,अहिले सिरोहिया आफु चोखो र सुमार्गी खराब भन्दै हिंडेका छन् । सुमार्गी र  सिरोहियाबीचको बिबाद अहिले चर्किएको छ। सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप सुमार्गीले लगाएका छन्। सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गरे पछी कारवाहीको पत्र बानेश्वर प्रहरीमा पुगिसकेको छ ।

  कान्तिपुरका सञ्चालक सिरोहिया आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्।

 सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पुर्‍याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन्। २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो।

 ५ रोपनी ९ आना क्षेत्रफलको उक्त जग्गा खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ। पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक सिरोहियाले ‘भने बमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएको’ पनि सुमार्गीले आरोप लगाएका छन् ।

 सिरोहियाले भने सुमार्गीले लगाएको आरोप असत्य रहेको र उनको अवैध सम्पत्तिमाथि राज्यले छानविन गरेर कारवाही गर्नु पर्ने कान्तिपुरमार्फत धारावाहिक समाचार प्रवाह गरिरहेका छन् । सिरोहियाले  सुमार्गीलाई सिध्याउने धम्की दिएको भन्ने आरोप झूठो भएको भन्दै खन्डन  गरेका छन् ।

 केही दिन अघि सिरोहियाले बिभिन्न अनलाइनमा सुमार्गीसँगको बिबाद बारे भनेका थिए -‘मेरो र सुमार्गीको भेट र बोलचाल नभएको ३ वर्ष भयो। हो, मैले सुमार्गीजीलाई जग्गा बेचेको हो, बेचेको जग्गा म किन फिर्ता मागुँ।’ अहिले सुमार्गीलाई संकास्पद कारोबार गरेको र अबैध रकम बाहिर पठाएर पुन नेपाल भित्राएर बैध बनाउन खोजेको सिरोहियालेआरोप लगाएका छन् । तर अब प्रश्न उठ्छ-यदि सुमार्गीले अबैध कारोबार गरेको जानकारी पहिला देखी नै सिरोहियालाई थाहा थियो भने किन सिरोहियाले सुमार्गीसँग जग्गाको किनबेच गरे ? । के आफैले अबैध भनेका व्यक्तिसँग २६ करोडको जग्गाको किनबेच गरि सिरोहिया कसरी आफुलाई  बैध भन्न सक्छन ? ?।

 

प्रतिक्रिया

सम्बन्धित