राष्ट्रपतिलाई धन्यवाद दिँदै देउवाले भने -सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् ।   तमू ल्होसारको अवसरमाआयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उनले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गर्दै टुँडिखेलमा विभिन्न कार्यक्रम गरी नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । तमु संस्कृतिअनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित