राजनीतिक गतिरोध अन्त्यका लागि अध्यादेश प्रमाणीकरण : राष्ट्रपति

[caption id="attachment_31205" align="alignleft" width="800"] काठमाडौं :[/caption]

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित शुक्रवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले सरकारले कार्तिक ६ गते सिफारिस गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश शुक्रवार प्रमाणीकरण गरेकी हुन् । अध्यादेश प्रमाणिकरण भएपनि एमालेले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

अध्यादेश प्रमाणीकरणसँगै नयाँ सरकार गठनको बाटो खुल्यो, एमालेको अडान कायमै

प्रतिक्रिया

सम्बन्धित