कांग्रेस, एमाले र माओवादी केन्द्रबाट को-को बने प्रदेशसभाका समानुपातिक सांसद ?

काठमाडौं :

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिक सांसदको टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले बल्ल नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३५ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ। नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो। यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो। लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो। यता, एमालेको स्थायी समिति बैठकले बन्दसूचीमा समावेश उम्मेद्वारको नामबाट सांसद चयन गरेको हो । सिफारिसलाई निर्वाचन आयोगले मान्यता दिएपछि उनीहरुले निर्वाचित भएको प्रमाणपत्र पाउनेछन् । प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये एमाले एक्लैले ७५ सिटमा जित हात पारेको थियो । एमालेले प्रदेश एकमा १५ , दुईमा ७ , तीनमा १६, चारमा १०, पाँचमा १३, छमा ६ र सातमा ८ सिट जितेको छ । एमालेले स्थायी समितिबाट चयन गरेका नाम प्रमाणीकरणका लागि अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिइएको छ । आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ। यस ३ दिनभित्र दलहरुले नाम मिलाउन समेत सक्नेछन्।

कांग्रेसका समानुपातिक सांसद

प्रदेश १ प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्रप्रसाद श्रेष्ठ लिला सुब्बा ज्योति सुब्बा शरदचन्द्र थापा लोकप्रसाद संग्रौला सीतादेवी पौडेल विन्दिया कार्की

प्रदेश नम्बर २ शिवचन्द्र चौधरी ओमप्रकाश शर्मा सरस्वती चौधरी गीताकुमारी यादव मन्जुकुमारी यादव असियादेवी थरुनी प्रमिलादेवी दास श्यामपरी देवी नरेशकुमार यादव शेखररसिद अली सल्मा खातुन

प्रदेश नम्बर ३ मिलन श्रेष्ठ राजेन्द्र गुरुङ न्हुच्छेनारायण श्रेष्ठ शान्तबहादुर प्रजा राधा घले जीवन डंगोल विजया श्रेष्ठ रजनी जोन्छे राजाराम कार्की बलराम पौडेल भीमसेन खत्री गीता वाग्ले बिजुला बर्मा कल्पना नेपाली

प्रदेश ४ मेखलाल श्रेष्ठ ललितकला गुरुङ सरिता गुरुङ मनकुमारी गुरुङ मणिभद्र शर्मा कँडेल ओमकला गौतम कुमार खड्का दोबाटे विश्वकर्मा कोपिला बोहरा

प्रदेश ५ बलदेव शर्मा पोखरेल निर्मला क्षेत्री रमा अर्याल वीरबहादुर राना भुवनेश्वर चौधरी पुष्पा थरुनी माला गोतामे सुनार रुन्धावती दुवे अर्जुनकुमार श्रेष्ठ रिना विक सूर्यमति उपाध्याय मो। याकुल अन्सारी

प्रदेश ६ यज्ञबहादुर बिसी हिमबहादुर शाही अमृता शाही दिनबन्धु श्रेष्ठ झोवा विक

प्रदेश ७ गोविन्द बोहोरा देवराज पाठक दिव्यश्वरी शाह अम्बिकुमारी थापा उमा वादी श्यामला राना कुमारीनन्द बम टेकबहादुर रैका

एमालेका समानुपातिक सांसद

प्रदेश नं १ विनादेवी राई सावित्री जोशी उषाकला राई कृष्णकुमारी राई पदमकुमारी गुरुङ होमकुमारी साँवा आशारत्न जबेगु यशोदा अधिकारी अम्बिका थापा सरिता थापा सावित्राकुमारी रेग्मी सुनिताकुमारी चौधरी जसमाया गजमेर ९विश्वकर्मा० वसन्ती देवी यादव गुलेफुन मियाँ

प्रदेश नं २ सीता गुरुङ रवीन्द्र बैठा धोवी डा. मनोजकुमार सिंह जकतारैन देवी सुडिन साह अनिता कुमारी यादव मञ्जुकुमारी यादव हसिमा खातुन

प्रदेश नं ३ बेलिमैया घले जुनेलीमाया श्रेष्ठ सरस्वती बाटी शान्ति थिङ देवकी श्रेष्ठ (वान्तवा) इन्द्रमाया गुरुङ सीता लामा आशमाया तामाङ उर्मिला कर्माचार्य रचना खड्का मुनु सिग्देल सरस्वती बस्नेत गोमा भूर्तेल मिना ज्ञवाली (नेपाल) पार्वती सिलवाल मैना अछामी सार्की

प्रदेश नं ४ चन्द्रमोहन गौचन मित्रकुमारी गुरुङ सुवेदी सावित्रा राना मिना गुरुङ मायानाथ अधिकारी श्रृजना शर्मा प्रभा कोइराला पुष्पा केसी भण्डारी लक्ष्मी सुनार जुनादेवी नेपाली

प्रदेश नं ५ रमा घर्ती थानकुमारी थापा चापागाइँ विमला शर्मा पन्थी सरस्वती गौतम जालपा भुसाल भगवती देवी भण्डारी कृष्णी थारु धमकली चौधरी कमलादेवी वि.क. ढाँटी सुनार भन्ने आशा स्वर्णकार सुनिता कुमारी ठठेर चिन्तावती कुर्मी फौजिया नसिमप्रदेश नं ६ मिनासिँह रखाल बदमी क्वारी बोहोरा पद्मा खड्का देवी ओली कौशिलावती खत्री राजु नेपालीप्रदेश नं ७ माया भट्ट मनाकुमारी साउद पूर्णा जोशी माया तामाङ बोहरा सुशीला बुढाथोकी चुनकुमारी चौधरी अर्चना गहतराज दुर्गा बिक

माओवादी केन्द्रका समानुपातिक सांसद 

प्रदेश १ सीता थेवे कुशुमकुमारी श्रेष्ठ शौभाग्य राई सरस्वती पोखरेल उमिता बिश्वकर्माप्रदेश २ जगतप्रसाद यादव महम्मद समीर रुवीकुमारी कर्ण प्रमिला कुमारी यादव फुलियादेवी सदाप्रदेश ३ दिनेश महर्जन आङ्देण्डी लामा ओम घलान हिमाली गोले प्रतिमा श्रेष्ठ सीता अधिकारी भावना सुवेदी कञ्चन खनालप्रदेश ४ गायत्री गुरुङ मधु अधिकारी (गुरुङ) दिलमाया रोकामगर (गौतम)प्रदेश ५ गीता थापा दामाकुमारी शर्मा पार्वती पुन (गहतराज) लौटी थारु दीपा बिक सुष्मा यादवप्रदेश ६ पुष्पा घर्ती बिष्ट सीताकुमारी नेपाली बिमला केसी कृष्णा शाहप्रदेश ७ निर्मला बडाल(जोशी) कुन्ती जोशी विनिता चौधरी शान्ति नेपाली

प्रतिक्रिया

सम्बन्धित