किन भेटे प्रधानमन्त्री देउवाले भारतीय राजदूतलाई ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले शुक्रबार बिहान भेटवार्ता गरेका छन् । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ । नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका छन् । छलफलको विषय भने अझै बाहिर आउन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित