आज जारी होला त राष्ट्रपति कार्यालयमा अड्किएको अध्यादेश ?

काठमाडौं : राष्ट्रपति कार्यालयमा अड्किरहेको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गर्ने÷नगर्नेबारे अहिले छलफल जारी छ। अध्यादेशका विषयमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेकी थिइन्। राष्ट्रपति कार्यालयले आजै अध्यादेशका विषयमा टुंगो लगाउने भएको छ । सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो। पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो। मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान थियो।

मंसिर १० र २१ गतेको चुनावबाट राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम सुरुदेखि नै एकल संक्रमणीय आधारमा चुनाव हुनु पर्ने पक्षमा थिए भने पछिल्लो समय माओवादी केन्द्र पनि एकल संक्रमणीय प्रणालीका पक्षमा उभिएको थियो। दलहरुबीच सहमति नभएको भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थिएन।

प्रतिक्रिया

सम्बन्धित