१५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला

काठमाडौँः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको छ । विसं २०५७ मा सात हजार ५०० ट्याक्सी रहेका बेला मन्त्रालयले नयाँ दर्तामा रोक लगाएको थियो । रोक लगाएपछि १५ वर्षको समयमा एक हजार ८५० ट्याक्सी घटेको मन्त्रालयका यातायात शाखा प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर नवीनकुमार पोख्रेलले जानकारी दिनुभयो । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी मात्र सञ्चालनमा छन् ।यसअनुसार साधारण वर्गको ट्याक्सीमा ८०० क्युविक सेन्टिमिटर इन्जिनको क्षमताभन्दा माथिको हुनुपर्ने मन्त्रालयले जनाएको छ । उपत्यकामा हाल सञ्चालित साधारण वर्गको ट्याक्सीको स्तरमा नघट्ने गरी पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो । बीस वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोकेको छ ।taxi

प्रतिक्रिया

सम्बन्धित