प्रधानमन्त्रीको चुनावी अभियानमा शान्ति सुरक्षाको विषय पनि सँगसँगै (यस्तो छ तालिका )

काठमाडौँ। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री  देउवाले कात्तिक २८ गते सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्दैछन् । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ ।

 सोहि दिन उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

  प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल गर्ने कार्यक्रम छ । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्ने कार्यक्रम छ ।

  प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नेछन् भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्ने र ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित