पुनर्निर्माणका लागि चीनले ७६ अर्ब र जापानले २५ अर्ब दिने

काठमाडौँः छिमेकी मुलुक चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ सहायता रकम उपलब्ध गराउने भएको छ। राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग अलगअलग भेटी बुधबारै चिनियाँ विदेशमन्त्रीले सहायता रकम उपलब्ध गराउने जानकारी गराएका थिए । nepal china यसैगरि जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्मेलनका क्रममा गर्ने भएको छ। छिमेकी भारतका तर्फबाट पनि चीनकै हाराहारीको सहयोग रकम घोषणा हुने सरकारी जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार हुने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा नेपालका लागि उक्त सहायता घोषणा गर्ने अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित