अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रभावकारी बनाउन अर्थ समितिको आग्रह

काठमाडौँः व्यवस्थापिका–संसद् अन्तरगतको अर्थ समितिले बिहिबार हुन लागेको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । समितिको बैठकले दाता सम्मेलनलाई प्रभावकारी बनाउन सरकारले पूर्ण तयारी गर्नुपर्ने र कुन–कुन विषय प्रस्तुत गर्ने हो र पुनःनिर्माणको योजना के कस्तो हुने हो भन्ने विषयमा स्पष्ट कार्ययोजना बनाउन ध्यानाकर्षण गराएको छ । समितिले सम्मेलनलाई पूर्णरुपमा सफल बनाउन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित